पोखराका देवान राईसहित रुसी सेनामा भर्ना भएका ६ जनाको मृत्यु, एक नेपाली युक्रेनमा बन्धक

पाेखरा | मंसिर १९, २०८०

पोखराका देवान राईसहित रुसी सेनामा भर्ना भएका ६ जनाको मृत्यु, एक नेपाली युक्रेनमा बन्धक

पोखरा:  रुसी सेनामा भर्ना भएका पोखराका देवान राईसहित ६ जनाको मृत्यु भएको छ भने, भर्ना भएका एक नेपाली युक्रेनमा बन्धकमा परेका छन् । परराष्ट मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ना भएका देवान राईसहित ६ जना नेपालीहरुको मृत्यु  भएको पुष्टि गरेको छ । 


मन्त्रालयका अनुसार मृत्यु हुनेमा पोखराको देवान राई, गोरखाका सन्दिप थपलिया, कपिलवस्तुको रुपक कार्की, स्याङ्जाको पुतलीबजार नगरपालिकाका पितम कार्की, दोलखाको राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन्  ।  


मन्त्रालयका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्रीलाई युक्रेनमा बन्धक बनाएको समेत जनाएको छ । युक्रेनको बन्धकमा परेका खत्रीलाई नेपाल फिर्ता गर्न कुटनीतिक पहल भइरहेको जनाइएको छ । 


विदेशी सेनामा नेपाली नागरिकहरु भर्ना  सम्बन्धमा परम्परागत रुपमा रहेको सम्झौता अन्तरगत केही मित्र राष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुने अनुमति दिने नेपाल सरकारको नीति नरहेको उल्लेख गरिएको छ ।

 

पोखरा:  कमल थापाले पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् ।  थापाले ६५ वर्ष माथिको एकलतर्फ पोखराका पदम गुरुङलाई ४&...

थप पढ्नुहोस्

पोखरा:  ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालित २१ औं संस्करणको लेखनाथ महोत्सव ११ करोड बढिको कारोबार गर्दै सोमबार सम्...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान ...

थप पढ्नुहोस्